जनवरीमा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आए

जनवरीमा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आए



काठमाडौं । हिजाे सकिएकाे जनवरी महिनामा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार गएकाे वर्षको जनवरीको तुलनामा १५ दशमलव ७ प्रतिशत धेरै पर्यटक नेपाल भित्रिएका हुन् । गएकाे वर्षकाे जनवरीमा ७९ हजार ९ सय ९१ जना पर्यटक नेपाल आएका थिए ।

जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६ सय २४ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै चीनबाट ९ हजार १ सय १, अमेरिकाबाट ८ हजार ४ सय ६, बंगलादेशबाट ५ हजार ८ सय १४ र अस्ट्रेलियाबाट ४ हजार ९ सय ५७ जना पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी दक्षिण एशियाली देश (सार्क) बाट ३६ हजार ३ सय ७५ जना पर्यटक नेपाल आएका पर्यटन बाेर्डले जनाएकाे छ ।