जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो ।

दुर्घटनामा नलगाड नगरपालिका–१० बस्ने २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार रहेका छन् ।

मिति २०८३ भदौ ४ गते साँझ करिब ६स्३० बजे नलगाड नगरपालिका ९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिप चालक नलगाड नगरपालिका ८ हलचौर बस्ने २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार रहेकोमा खोजतलास गरी राती नै नियन्त्रणमा लिइएको छ । दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।