निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक : प्रधाननमन्त्री

निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक : प्रधाननमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताएकी छन् । सोमबार (माघ १९) काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा उनले यस्तो बताएकी हुन् ।

उनले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोसेढुंगाको संज्ञा दिइन् । त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण उनले स्मरण गराइन् ।

उनले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा कोही नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीलाई सचेत गराइन् । “चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन । एकजना पनि घाइते हुनु हुँदैन । र, साथसाथै यसमा पनि प्रस्ट हुनुहोस्– तपाईंहरूले कर्तव्य पालनाको सिलसिलामा सबै व्यावसायिक क्रियाकलापको जिम्मा राज्यले लिन्छ,” उनले भनिन् ।

उनले प्रहरीलाई कुनै पनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न निर्देशन दिइन् ।