पोखरा । तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली एमाले प्रवेश गरेको छ ।
एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ शिवराज आचार्यसहित ३ सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कास्कीले जनाएको छ ।
उनीहरुलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले स्वागत गरेका हुन् ।


प्रतिक्रिया