काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि संगठनका सबै सदस्यहरूलाई परिचालित गर्दै सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने जनाएको हो ।
पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमाण्डहरुले प्रचारप्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहीत वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्ने जानकारी दिए ।
त्यस्तै ६ हजार ७ सय ४३ वटै वडामा वडा कमान्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमान्डर तोकिएको बताए ।


प्रतिक्रिया