सुकुम्वासी समस्या समाधान गर्न एमाले बाहेक अन्य कुनै दल सक्षम छैन : शंकर पोखरेल

सुकुम्वासी समस्या समाधान गर्न एमाले बाहेक अन्य कुनै दल सक्षम छैन : शंकर पोखरेल



दाङ । सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शंकर पोखरेलले बताएका छन् । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आफू त्यसका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान मतदातासँगको भेटघाटको क्रममा मतदाताको जिज्ञासामा उनले भने, “एमालेको सरकार हुँदा भूमिहीन र सुकुम्वासीको समस्या समाधानका लागि निरन्तर काम हुँदै आएको छ । धेरै स्थानमा लालपुर्जा वितरण भइसकेको छ, विपक्षी दलहरूले कहिले सर्वोच्चमा मुद्दा हालेर, कहिले हाम्रो सरकार ढालेर र आयोग विघटन गरेर अवरोध सिर्जना गर्दै आएका छन् ।”

महासचिव पोखरेलका अनुसार सुकुम्वासीको समस्या समाधानका लागि एमाले बाहेक अन्य कुनै दल सक्षम छैन ।