काठमाडौं । एमाले उपाध्यक्ष पीएस गुरुङले पुराना पार्टीहरू असान्दर्भिक नभएको दाबी गरेका छन् । प्रेस चौतारीको साक्षात्कार कार्यक्रममा बोल्दै जनताले अनुहार नयाँ नखोजेको जिकिर गरे ।
उनले भने, ‘चुनावमा हामी लागिसकेका छौँ तर बजारमा नयाँ भन्ने हल्ला चलिरहेको छ । नयाँ भनेको अनुहारमा कि विचारमा कि के हो ? जनताले नयाँ अनुहार खोजेका होइनन्, सुधारिएका पार्टीहरू खोजेका हुन्। परिष्कृत भिजन र नीतिसहित अघि बढेका पार्टी र नेता खोजेका छन् ।’
उनले अहिले नेपालको संविधान र राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको बताए। उनले स्वाधीन नेपालको पक्षमा एमाले उभिएको भएकाले सबैभन्दा धेरै आक्रमण भएको उनको भनाइ छ ।
उनले थपे, ‘हामीसँग अनुभव, परिपक्वता र ठोस नीति छ। मुलुकलाई चलाउनसक्ने हिम्मत र अठोट पनि छ । ठोस भिजन बोकेको पार्टी हाम्रो हो ।’
उनले कांग्रेसको पार्टी सभापतिसहित पदाधिकारीमा नयाँ अनुहार आएको भएपनि नयाँ भिजन, नीति र कार्यक्रम नदेखिएको बताए । उनले रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन शाहले दुई जनता जनतालाई फेस गर्न नसक्ने बताए ।


प्रतिक्रिया