एमालेको घोषणापत्र अघिल्ला चुनावको भन्दा पृथक हुन्छ : ईश्वर पोखरेल

एमालेको घोषणापत्र अघिल्ला चुनावको भन्दा पृथक हुन्छ : ईश्वर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको घोषणापत्र अघिल्ला चुनावको भन्दा पृथक हुने बताएका छन् । उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै उनले कुन काम कतिबेला कसरी गर्ने भन्ने कुरा घोषणापत्रमा स्पष्ट रूपमा आउने बताए ।

घोषणापत्र लेखन समितिको सदस्यसमेत रहेका उनले राष्ट्रियहित, स्वाधीनता, अखण्डता, स्वतन्त्रतालगायतको विषय प्राथमिकतामा रहेको बताए । उनले सामाजिक सद्भावलाई राष्ट्रिय एकताको आधार मानेको हुँदा त्यसलाई कमजोर पार्नेविरुद्ध एकजुट हुने घोषणापत्र आउने जानकारी दिए ।

त्यस्तै, नेता पोखरेलले विकास निर्माणसँग सम्बद्ध योजनाहरूसमेत समेटिएको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारमा रहेका बेला अघि सारेका योजनालाई प्राथमिकतामा राख्ने उल्लेख गरे ।

यसका साथै सुशासनसँग सम्बन्धित विषय र सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती कसरी अन्त्य गर्न सकिन्छ भन्ने कुरा एमालेले चुनावी घोषणापत्रमा समेट्ने बताएका छन् ।