काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मै चुनाव हुने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई चरणमा चुनाव नगर्ने सरकारलाई सुझाव दिए ।
उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ ।’
उनले केही मान्छेहरूले अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का राखिरहेको भन्दै तोकिएकै मितिमा हुनुपर्ने बताए । स्वच्छ र धाँधलीरहित भए नेकपाले राम्रो नतिजा ल्याउने बताए ।


प्रतिक्रिया