पोखरा । कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते भएका छन् ।
उनी निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलबारीमा सिँढीबाट चिप्लिएर हात फ्याक्चर भई घाइते भएका हुन् ।
उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सककाअनुसार उहाँको देब्रे हात भाँचिएको छ ।


प्रतिक्रिया