काठमाडौं । ओमानले आईसीसी टी–२० विश्वकप २०२६ मा जिम्बाब्वेविरुद्ध १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार श्रीलंकाको कोलोम्बोस्थित सानहालेसे स्पोर्टस् क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको ओमानले जिम्बाब्वेविरुद्ध निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको हो ।
ओमानका विनायक शुक्लाले २८ रन जोडे । शुक्लाले २१ बलमा चार चौका प्रहार गरे । सुफयान मेहमुदले २५ रन जोडे । ३९ बल खेलेका मेहमुदले दुई चौका प्रहार गरे । नदिम खानले २० रन जोडे ।
यसबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । जिम्बाब्वेका ब्लेसिङ मुजारबानी, रिचार्ड नगरावा र ब्राड इभान्सले समान तीन विकेट लिए ।
कप्तान सिकन्दर राजाले एक विकेट लिए । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।
जिम्बाब्वेले छनोटअन्तर्गत अफ्रिकी क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान बनाएको थियो । ओमानले भने छनोटअन्तर्गत एसिया प्यासिफिक क्षेत्रीय छनोटबाट विश्वकपको टिकट काटेको थियो ।
ओमान र जिम्बाब्वे दुवै यस संस्करण समूह ‘बी’ मा परेको छ । समूहमा श्रीलंका, अस्ट्रेलिया र आयरल्यान्ड छन् ।


प्रतिक्रिया