नारायणगढ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताएका छन् ।
कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उपसभापति शर्माले २००७ सालदेखि अहिलेसम्म प्रजातन्त्र लोकतन्त्रका पक्षमा कांग्रेसले निकास दिएको बताए ।
“तानशाही राणालाई मात्रै हैन राजाले नेतृत्व गरेको पञ्चायतलाई समेत गर्ल्यामगुर्लुम्मै ढाल्यो”, उनले थपे, “संवैधानिक राजतन्त्रलाई स्वीकार गर्दै देशलाई गणतन्त्र ल्याउनसमेत कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ ।”


प्रतिक्रिया