काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न डीएसपी भोला भट्ट बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।
रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो । प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको डीएसपी भट्टले जानकारी दिए ।
उद्धारको काम जारी रहेकाले क्षतिको विवरण यकिन गर्ने काम भैरहेको उनले बताए । बसमा कति जना सवार थिए भन्ने यकिन भैसकेको छैन । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया