रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु

रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु



काठमाडौं । रामेछाप सदरमुकाम मन्थलीनजिक मंगलबार बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बसका चालकसहित आठजना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोसी नदीमा खसेको हो ।

घाइतेको उपचार खुर्कोटस्थित शुभजीवन, मन्थली र तामाकोसी अस्पतालमा भइरहेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

बसका बाँकी यात्रुको अझै खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।