झापा गोल्डकप : आर्मी सेमिफाइनलमा

झापा गोल्डकप : आर्मी सेमिफाइनलमा



बिर्तामोड । झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब लागिगुराँस एसोसिएसन पोखरालाई हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ ।

मङ्गलबार सम्पन्न खेलमा पोखरालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे ।

पोखराका लागि टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाएका थिए ।

खेलको प्लेयर अफ दि म्याच विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले २५ हजार रुपियाँ पुरस्कार पाए ।

बुधबारको एपिएफ क्लब र भुटानको रोयल थिम्पु कलेजबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।