महोत्तरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिए ।
महोत्तरी क्षेत्र नं १ को पार्टीको प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले आगामी पाँच वर्ष देश निर्माणको जिम्मेवारी कांग्रेसलाई दिन जनतासमक्ष आग्रह गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले जनविश्वास जित्नु नै निर्वाचनको मुख्य आधार भएको उल्लेख गरे ।
“अब कांग्रेसका कार्यकर्ता घर–घरमा पुगेर जनतालाई पाँच वर्ष देशको जिम्मा कांग्रेसलाई दिनुपर्छ भन्ने विश्वास दिलाउनुपर्छ,” उनले भने, “चुनाव जित्नु मात्र होइन, काम गरेर देखाउने जिम्मेवारी हाम्रो हो ।”


प्रतिक्रिया