कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने



काठमाडौं । नेपाली कांग्रेसले फागुन २ गतेभित्र आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका हुन् ।

बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ । ढिलोमा २ गते सार्वजनिक गछौँ ।’

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो ।

कांग्रेसले यो पटक पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रूपमा ल्याउने बताएका छन् ।