काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पा–१ का उमेदवार वर्षमान पुनलाई स्पष्टीकरण सोधेको छ ।
विद्यालय परिसरमा बाजागाजा बजाएर नाचगान गरी आचारसंहिता उलंघन गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले एमालेका वैतडीबाट निर्वाचनमा उठेका उमेदवार दामोदर भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ । चुनावी प्रचारमा सरकारी गाडी प्रयोग गरेको उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
गोरखा–१ का कांग्रेस उमेदवार प्रेमकुमार खत्रीलाई पनि बाजागाजसहित ठूलो संख्यामा जुलुस निकालेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
घोराही उपमहानगरपालिका प्रमुख नेकपाको उमेदवारको घरदैलोमा गएको हो कि होइन भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगका अनुसार हालसम्म ५१ स्पष्टीकरण सोधिएको छ । जसमा ३० वटा जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।


प्रतिक्रिया