काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार झा बुधबार रास्वपामा प्रवेश गरेका हुन् ।
रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रमा रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले अब ‘घण्टी’ चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गरेका छन् ।
केही दिनअघि मात्र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय कार्यकारणी समिति सदस्य सन्जय सिंह, केन्द्रीय सचिव सन्जय चौधरीसहितका नेताहरूले पार्टी परित्याग गरी जसपमा प्रवेश गरेका थिए ।
झा रास्वपामा प्रवेश गरेसँगै धनुषा–३ को चुनावी समीकरण फेरिएको छ ।
धनुषा–३ मा ब्राह्मण समुदायबाट यी दुई उम्मेदवारहरू मिलेपछि समीकरण फेरिने बताइएको छ ।
स्रोतका अनुसार जातीय दबाबमा यी दुवै उम्मेदवार मिलेको बताइएको छ ।


प्रतिक्रिया