बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बाणगंगा नगरपालिका– ८ का भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि प्रहरीले बुधबार पक्राउ गरेको हो ।
गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।


प्रतिक्रिया