बिर्तामोड । झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब पाहुना टोली रोयल थिम्पु कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा सशस्त्र प्रहरीका हरि खड्काको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो ।
प्लेयर अफ दि म्याच विजेता एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले २५ हजार रुपियाँ पाए । बिहीबार मच्छिन्द्र र एन पेनाङ मलेसियाबिच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया