दीपेन्द्र पित्तलमा, ३१ लाख रूपैयाँमा इस्लामावाद युनाइटेडमा आबद्ध

दीपेन्द्र पित्तलमा, ३१ लाख रूपैयाँमा इस्लामावाद युनाइटेडमा आबद्ध



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएलएल) खेल्ने भएका छन् ।

बुधबार भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले आबद्ध गरेको हो । उनलाई पाकिस्तानी ६० लाख (नेपाली ३१ लाख १० हजार रूपैयाँ) मा आबद्ध गरिएको हो ।

नेपाली टोलीका उपकप्तान रहेका दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गरेका थिए ।

उनले जारी टी-२० विश्वकपमा इंग्ल्यान्डविरूद्धको खेलमा ४४ रन प्रहार गरेसँगै दुई हजार रन पूरा गरेका थिए ।

दीपेन्द्रले तेस्रो विदेशी लिग आबद्ध भएका हुन् । यसअघि उननी क्यानडाको ग्लोबल टी-२० लिग र यएईको आइएल टी२० लिगको टिममा पनि आबद्ध भएका थिए ।