बालेन शाह रौतहटमा मत माग्दै

बालेन शाह रौतहटमा मत माग्दै



रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बुधबार रौतहट आइपुगेका छन् ।

चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आएका हुन् ।

बुधबार सर्लाही हुँदै रौतहट आएका शाहले विभिन्न स्थानमा ‘रोड सो’ गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट सभापति प्रदीप साहले जानकारी दिए ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आइपुग्दा वरिष्ठ नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले स्वागत गरेका थिए ।

‘रोड सो’ का क्रममा शाह चन्द्रनिगाहपुरबाट गरुडा, जयनगर हुँदै मौलापुरसम्म गाडीबाटै हात हल्लाउँदै समर्थकको अभिवादन स्वीकार गर्दै अगाडि बढेका थिए । शाह मौलापुरबाट बाराको कलैया हुँदै वीरगन्ज गएका छन्  ।