काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्याशालामा उक्त जानकारी दिएका हुन् ।
‘निर्वाचनको सबै सामग्री आइपुगेको छ । मतपत्र छापिएर सम्बन्धित क्षेत्रमा पुर्याउने काम चलिरहेको छ । चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । ४ फागुनबाट उम्मेदवारहरूले प्रचारप्रसार गर्नुहुन्छ, त्यहाँ आचारसंहितामा उलंघन भएको देख्नुभएमा आयोगलाई जानकारी गराइदिनुहोला,’ उनले भने, ‘हामी ६ महिनामा निर्वाचन गराउँछौ भनेर लागिरहेका छौँ । यसपटक बदर मतको संख्या घट्छ र मतदान प्रतिशत बढ्छ ।’


प्रतिक्रिया