काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन् ।
विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि उनले अब कांग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए ।
उनले भने, ‘हामीले कांग्रेसमा अहिले नेता मात्रै हाइन, नीति नै परिवर्तन गरेर ल्याएका छौं । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौं । पार्टीलाई नवीकरण गर्यौं ।’
विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको सुनाए ।
उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको र यसले निर्वाचनमा पनि प्रभाव पार्ने बताए ।


प्रतिक्रिया