काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङसहित निर्मलनिवास पुर्याएका छन् ।
शुक्रबार झापाबाट हेलिकप्टरमा काठमाडौं फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक पुगेका थिए ।
उनीहरूले राजसंस्थासमर्थित नारासमेत लगाएका थिए ।उनीहरूले नै शाहलाई निर्मलनिवास पुर्याएका हुन् ।
शाह झापाबाट काठमाडौं आउने सूचनापछि काठमाडौं प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।


प्रतिक्रिया