काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र पर्सि आइतवारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए ।
कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
आइतवारसम्म बाँकी ३० लाख मतपत्र छपाइ हुने निर्देशक पौडेलले बताउनुभयो ।
उनका अनुसार छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी शुरू भएको छ ।
५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको हो ।


प्रतिक्रिया