गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनाव प्रचारप्रचारका क्रममा गण्डकी प्रदेशको गोरखा पुगेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गोरखा पुगेको जानकारी दिएका हुन् ।
बालेनले फेसबुकमा लेखेका छन्, ‘एउटा देश, एउटा नेपाल । आज गोर्खा दरबार ।’
गोरखा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार सुधन गुरुङ र क्षेत्र नम्बर २ बाट कविन्द्र बुर्लाकोटीले चुनाव लड्दै छन् ।


प्रतिक्रिया