काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका निम्ति ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् ।
आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताएका हुन् ।
बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा ‘पपुलर’ भएका व्यक्तिहरू थोरै सिटमा समेटिने उनले जिकिर गरे ।आसन्न निर्वाचनका निम्ति आफू सबै मतदाताका घरघरमा पुग्ने प्रयास गर्ने उनले बताए ।
झापा क्षेत्र नम्बर–५ का उमेदवार ओली मतदाता भेटघाट र अरू निर्वाचनकेन्द्रित कार्यक्रमका निम्ति जिल्ला गएका हुन् ।


प्रतिक्रिया