उज्यालो नेपालको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने

उज्यालो नेपालको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने



काठमाडौं । उज्यालो नेपाल पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीले यसलाई प्रतिबद्धतापत्र भनेको छ ।

सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

प्रतिबद्धतापत्रमा प्रतिनिधिसभा सदस्य संख्या घटाएर २७५ बाट घटाएर २०१ बनाउने उल्लेख छ । राज्यलाई हुने आर्थिक भार कम हुने गरी सांसद संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताए ।

प्रदेशसभा सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने प्रतिबद्धतापत्रमा समावेश छ ।

यस्तै, संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढीमा सात सदस्यीय हुने तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरूले प्रतिबद्धतापत्रमा समावेश गरिएको अध्यक्ष घिसिङले बताए ।

“खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेश सभा ५५० बाट ३३० मा कटौती गरिनेछ । संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय पाँचदेखि सातमा सीमित गर्ने र राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था गरिएको छ,” उनले जानकारी दिए ।

प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा समेत समेटिएको छ ।