काठमाडौं । निर्वाचन आयोगले ‘सेतोपाटी’ अनलाइनलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्रचार गरेको छ ।
निर्वाचन आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड ख उल्लंघन गरेको भन्दै काउन्सिललाई पत्राचार गरेको हो ।
उक्त चुनावमा चितवन–३ मा उमेदवारको हारजितबारे समाचार प्रकाशन भएको थियो ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले आचारसंहितको व्यवस्था प्रतिकूल देखिएको भन्दै आवश्यक कारबाहीका लागि पत्राचार गरेका हुन् ।


प्रतिक्रिया