काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
सोमबार साँझ प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगले आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसअघि पनि प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।


प्रतिक्रिया