काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टीको आज बिहानसम्मको रिपोर्ट हेर्दा पहिलो पार्टी बन्ने आधार देखिसकेको जिकिर गरे ।
उनले निर्वाचनको वातावरण बनाउनको लागि आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको समेत बताए ।
स्वच्छ र मर्यादित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारसँग माग समेत गरे ।त्यसैगरी नेकपाले देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको निष्कर्ष निकालेको छ ।
प्रवक्ता सापकोटाले जारी गरेको वक्तव्यमा एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका शृङ्खलाहरू चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हाबी भइरहेको उल्लेख छ ।


प्रतिक्रिया