दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।