आगामी निर्वाचनबाट सबैभन्दा ठुलो दल कांग्रेस हुने विश्वप्रकाशको दाबी

आगामी निर्वाचनबाट सबैभन्दा ठुलो दल कांग्रेस हुने विश्वप्रकाशको दाबी



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा कांग्रेस अगाडि आउँदै गरेको दाबी गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस विशेष महाधिवेशन पछाडि नवीन भएर आएको जिकिर गरे ।

उनले भने, ‘कुनै दल नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि नयाँ भएर आएको कांग्रेस छ । यदि नागरिक पङ्क्तिले परिवर्तन खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको चाहिँ कांग्रेस छ । जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ ।’

बाहिरको धेरै हल्लाखल्लामा कांग्रेसको विश्वास नगर्ने भन्दै पार्टी सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी रूपमा अघि बढिसकेको बताए ।