रुख चिह्नलाई जिताउने प्रतिज्ञा गर्नुहोस् : निधि

रुख चिह्नलाई जिताउने प्रतिज्ञा गर्नुहोस् : निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आउँदो निर्वाचनमा रुख चिह्नलाई जिताउने प्रतिज्ञा गरेर जान आग्रह गरे ।

बुधबार (फागुन ६) जनकपुरमा आयोजना गरिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दै रुख छापलाई जिताउन आग्रह गरे ।

उनले भने, “यहाँहरू सबैले १५ दिन एकताबद्ध भएर रुख छापलाई जिताउने प्रतिज्ञा गरेर जानुहोस् । मधेसलगायत सबै प्रदेशमा रुख छापलाई जिताउन लाग्नुहोस् ।”

अहिलेको चुनाव भनेको जननिर्वाचित सरकार र संसद् नरहेको भन्दै उनले कांग्रेसले बनाएको पहिलो संविधानले सबैको अधिकार सुनिश्चित गरेको बताए ।

बीपी कोइरालाको पालादेखि सडक, रेल र हवाई यातायातमा विकासको परिणाम देखिएको उनको भनाइ छ ।

नेपाली कांग्रेसले स्वास्थ्य, शिक्षा, सडकलगायत सबै खालको विकासलाई सुरुदेखि नै प्राथमिकतामा राखेको उनले बताए ।