कांग्रेस विशेष महाधिवेशनबाट एमआरआई गरेर आएको छ : विश्वप्रकाश

कांग्रेस विशेष महाधिवेशनबाट एमआरआई गरेर आएको छ : विश्वप्रकाश



जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विशेष महाधिवेशनबाट एमआरआई गरेर चुनावमा होमिएको बताएका छन् ।

जनकपुरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शर्माले विगतमा भएका कमजोरी केलाएर कांग्रेस चुनावमा होमिएको बताएका हुन् ।

‘भएको काम बुझाउन नसक्दा र कमजोरी गर्दा हामीले एउटा ठूलो क्षति बेहोरेका छौँ । मधेश, पहाडलाई कहाँ दुखेको छ । नागरिकलाई कहाँ दुखेको छ भन्ने विषयमा हामीले विशेष महाधिवशेनबाट एमआरआई गरेर आएका छौं,’ उनले भने, ‘हामी सुधारिएर अनुमोदन हुन आएका छौँ ।’

२१ फागुनमा मात्रै नसोचेको भन्दै ९२ सालका लागि पनि दृष्टिकोण बनाएको उनले बताए । अहिले जेन–जीले गरेको जस्तै विद्रोह १० वर्षपछि अर्को पुस्ताले गर्ने उनको भनाइ छ ।