जेनजी आन्दोलनबारे ओलीले उठाए गम्भीर प्रश्न

जेनजी आन्दोलनबारे ओलीले उठाए गम्भीर प्रश्न



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनका बेला भएका घटनालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले देशी विदेशी सिद्धान्त अनुसार घटना घटाइएको आरोप लगाए ।

२०७९ को निर्वाचनको बेला देश राजनीतिक दुष्चक्रमा फेसको भन्दै उनले त्यतिबेला एमालेलाई राम्रो मत दिएकोमा धन्यवाद दिए ।

ओलीले भदौ २४ को विध्वंशपछि देशमा अनिश्चितताको तुवाँलो लागेकोमा चिन्ता व्यक्त गरे ।

अहिले देश बनाउने कि भत्काउनेबिचको लडाइँको रूपमा यो निर्वाचनलाई लिनुपर्ने बताए । ओलीले सिङ्गो समाजमा राजनीतिक दलहरू प्रश्नको घेरामा रहेको भन्दै आप्फ्नोनो तर्फबाट गम्भीर प्रश्न उठाए ।

उनले भने, ‘भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो ? के देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ? भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भनेर घर फर्किन लागेको युवालाई निषेधित क्षेत्रतर्फ कसले किन धकेल्यो ? २३ र २४ का घटनाहरू स्वतस्फुर्त थियो कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसायी र साधारण नागरिकलाई किन लक्षित गरियो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीलाई किन आक्रमण गिरियो ? सरकार संविधान तथा व्यवस्थाको सन्दर्भमा जेनजी प्रदर्शनकारीको केही माग थिएन । हुँदै नभएको माग पुरा गरेझैँ प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ? यी र यस्तै कमजोरी लुकाउने बनाइएको देशी विदेशी षड्यन्त्रको सिद्धान्त होइन । संविधान व्यवस्था र हाम्रो सार्वभौम व्यवस्थाको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ ।’