एमाले घोषणापत्र : अर्थतन्त्रको आकार एक सय खर्ब पुर्‍याउने महत्वकांक्षी लक्ष्य

एमाले घोषणापत्र : अर्थतन्त्रको आकार एक सय खर्ब पुर्‍याउने महत्वकांक्षी लक्ष्य



काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा आउँदो पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार एक सय खर्ब र १० वर्षमा दुई सय खर्ब पुर्‍याउने महत्वकांक्षी लक्ष्य समेटिएको छ ।

यस्तै पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।

सरकार गठन लगत्तै शुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कार्यक्रम एमालेले अघि सारेको छ ।

जसअन्तर्गत १८ देखि २८ वर्षका युवालाई वार्षिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपमा लाग्नेलाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निर्ब्याजी ऋण दिने योजना छ ।

न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्‍याउने र वैदेशिक रोजगारीका श्रमिकलाई वार्षिक पाँच हजार बोनस दिने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।