एमाले बाँके पूर्वजिल्ला सदस्य सुवेदी कांग्रेस प्रवेश

एमाले बाँके पूर्वजिल्ला सदस्य सुवेदी कांग्रेस प्रवेश



काठमाडौं । नेकपा एमाले बाँके पूर्वकार्यसमिति सदस्य छविलाल सुवेदीसहितका नेता कांग्रेस प्रवेश गरेका छन् ।

बिहीबार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभामा बर्दिया १ का उम्मेदवार सञ्जय गौतमले सुवेदीसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

अघिल्लोपटक चुनाव जितेका गौतम फेरि उम्मेदवार बनेका हुन् ।