काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनकमा गोली चलाउने दोषीहरूसँगै संसद् सिंहदरबार, शीतलनिवास, सर्वोच्च जलाउनेहरूको पनि यकिन गरेर चुनावमा जाने चाहना रहेको बताएका छन् ।
त्यो चाहना पूरा नहुँदै चुनाव हुने भएकाले यही अवस्थामा चुनावमा जान बाध्य भएको बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित भिजन–१० प्रतिज्ञा पत्रका विषयमा प्रश्नोत्तरमा सहभागी भएका थापाले यस्तो बताएका हुन् ।
राष्ट्रिय सम्पत्तिमा आगो झोस्नेहरू दूधको दूध पानीको पानी छुट्याएर चुनावमा गएको भए धेरै कुरा चुनावले नै फैसला गर्ने बताए ।
जेनजी आन्दोलनका विषयमा छानबिन गर्न गठित कार्की आयोग विगतका रायमाझी, मालिक र लाल आयोगको जस्तै हुने त होइन भन्दै अभियन्ता माझी ताम्सरीले प्रश्न सोधेकी थिइन् ।


प्रतिक्रिया