कांग्रेसको प्रतिज्ञा : २०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने

कांग्रेसको प्रतिज्ञा : २०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने



काठमाडौं । नेपाली कांग्रेसले २०४८ सालयताका सबै उच्चपदस्थ, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्ने प्रतिज्ञा गरेको छ ।

बिहीबार चुनावी प्रतिज्ञापत्र जारी गर्दै कांग्रेसले यस्तो उल्लेख गरेको हो ।

२०४८ सालपछि सार्वजनिक जीवनका उच्च तहमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्न ६ महिनाभित्र उच्चस्तरीय अधिकारसम्पन्न छानबिन आयोग गठन गर्ने पनि कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा उल्लेख गरेको छ ।

नीतिगत भ्रष्टाचार र अनुचित कार्यको नियन्त्रण गर्ने भन्दै कांग्रेसले नीतिगत निर्णयको नाममा हुने भ्रष्टाचार अन्त्य गर्ने र विगतमा नीतिगत निर्णयका नाममा भएका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउने बताएको छ ।