काठमाडौं । नेकपा (एमाले)को झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यलाई महासचिव शंकर पोखरेलले ‘अपराध’को संज्ञा दिएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरुको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने छन् ।’
शुक्रबार आयोजना हुने चुनावीसभाका लागि आउँदै गरेका पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले बिहीबार साँझ एमालेको चुनाव चिह्न (सूर्य) जलाएका थिए ।
उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका हुन् ।
झण्डा जलाइरहँदा उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए ।


प्रतिक्रिया