काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले चुनावका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा उनले चुनावलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए ।
अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे ।
उनले पर्यटनलाई उद्योग सरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।
सरकारले देशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्री खनालले त्यसका लागि विविध नीतिगत काम भएको समेत जानकारी दिए ।


प्रतिक्रिया