बैंक खाता खोल्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ताकेता

बैंक खाता खोल्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ताकेता



काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न दल र उम्मेदवारलाई ताकेता गरेको छ ।

आयोगले चुनावकाे प्रचारप्रसारसम्बन्धी सबै खर्च नयाँ खातामार्फत हुनुपर्ने भएकाले बाँकी उम्मेदवारलाई तत्काल खाता खोल्न स्मरण गराएको हो ।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले यो हप्ता केही दिन सार्वजनिक बिदा परेकाले पर्सि आइतवार, सोमवारसम्ममा धेरैजसो उम्मेदवारले खाता खोलिसक्ने अपेक्षा आयोगको रहेको बताएका छन् ।

निर्वाचन आयोगले चुनावमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारले बैंक खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगका अनुसार अहिलेसम्म ७ दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेको जानकारी प्राप्त छ ।