काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालयकाे पछिल्लाे विज्ञप्तिअनुसार हिजाे दिउँसाे १ बजेदेखि लागू भएकाे कर्फ्यू अहिले बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कामका लागि बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलाे पारिएकाे प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । यस समयमा भेला, जुलुस, सभा गर्न नपाइने प्रशासन कार्यालयले जनाएकाे छ ।
यस्तै बिहान साढे ८ बजेदेखि अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यू लागू हुने विज्ञप्तिमा उल्लेख छ । पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएकाे छ ।
वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि गाैरमा कर्फ्यू आदेश जारी भएकाे हाे ।


प्रतिक्रिया