काठमाडौं । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ ।
त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ ।


प्रतिक्रिया