बालेन लक्षित ओलीको टिप्पणी– पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे !

बालेन लक्षित ओलीको टिप्पणी– पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे !



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन् ।

आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै पालिका चलाउन नसक्नेले देश चलाउँछु भनेर चुनावमा आएको बताएका हुन् ।

‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे ! प्रधानमन्त्री बनाउने रे ! यो देश मजाक गर्ने ठाउँ हो ? यो देश प्रयोगशाला हो कसैको ?,’ उनले भने ।

यस्तै उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताए । एमाले विजयको तयारीमा लागिरहँदा निर्वाचन रोक्ने प्रयास भइरहेको पनि बताए ।