काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई फिर्ता बोलाइने बताएका छन् ।
आफ्नो चुनावी अभियानका क्रममा चितवनमा रहेका उनले मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको बताए ।
उनले भने, ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन । म आज यो चोकमा उभिएर भन्छु, यदि हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउने छौँ । हाम्रो त नजिर नै छ ७२ घण्टाभित्र फिर्ता गराएको । त्यसैका लागि हामीलाई धेरै मत चाहिएको हो । भोलि सांसदहरू फिर्ता गर्दा बहुमत नपुग्ला, घट्ला भनेर धेरैभन्दा धेरे मत चाहिएको छ ।’


प्रतिक्रिया