काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वालेन शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ का समस्या र एजेण्डा समेटेर बाचा पत्र सार्वजनिक गरेका हुन् । उनले बेथिति र भ्रष्टाचार विरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शाहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन् । वाचा पत्रमा राजनीतिलाई पेसा नबनाउने दाबी गरेका छन ।
बाचा पत्रमा भनिएको छ,‘ राजनितीलाई सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने प्रयत्न गर्ने छु ।’
उनले केपी शर्मा ओलीको पहलमा दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । बालेनले बाचापत्रमा लेखिएका छन्, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’
संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बाचा गरेका छन् । झापा केन्द्रित बाचापत्रमा बालेनले भनेका छन्, ‘राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु ।’




प्रतिक्रिया